सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षनका लागि भन्दै पुन:आज सिंगापुर तर्फ प्रस्थान गर्दै छन । उनी फर्केको डेढ सातापछि पुन: उपचारका लागि सिंगापुर जाँदैछन् । उनले आफ्नो स्वास्थ्यमा धेरै ठुलो समस्या नरहेको बतायका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली

मिर्गौला रोगबाट पीडित ओली १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिय । अघिल्लो पटक गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका ओलिले औषधिको मात्रा परिवर्तन गरेका थिए । त्यही औषधिको प्रभावबारे फलोअपको लागि आज सिङ्गापुर जान लागेका हुन् ।

बिहीबार दिउँसो साढे १ बजे ओली सिंगापुर प्रस्थान गर्दैछन । एक सातासम्म बस्ने भनिए पनि उनी स्वदेस कहिले फर्किन्छन भन्ने बारे केही खुलाइयको छैन । उनले बुधबार आयोजित एक कार्यक्रममा संविधान दिवस अगाडि नै फर्किने बतायका थिय । संविधान दिवस आउन अझै १ महिना बाँकी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्