त्रिविसहित चार विश्वविद्यालयमा कामु उपकुलपति
त्रिभुवन विश्वविद्यालयको उपकुलपति तीर्थराज खनियाको चार वर्षे कार्यकाल बिहीबारबाट पूरा भएपछि कायम मुकायम उपकुलपतिको जिम्मेवारी रेक्टर सुधा त्रिपाठीलाई दिइएको छ । त्रिपाठीलाई वरियताका आधारमा कामुको जिम्मेवारी दिइएको जनाइएको छ ।
![](https://everestwall.com/wp-content/uploads/2019/08/tribhuwan-university-copy-copy-1024x685.jpg)
उपकुलपति खनियाले सहकुलपति तथा शिक्षामन्त्री मार्फत् कामु जिम्मेवारी रेक्टरलाई छाड्नु भएको हो । लिखित रुपमा चिठ्ठी नपायपनि बरियताका आधारमा रेक्टर त्रिपाठि ले कामु उपकुलपति पाएकी हुन ।उपकुलपति खनियालाई शुक्रबार औपचारिक कार्यक्रम गरी बिदाइ गरिने त्रिबि स्रोतले जनायको छ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री, सहकुलपति तथा शिक्षामन्त्री सहितको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारीलाई उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ ।
संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी रेक्टर रमेश ढकाललाई दिइएको छ । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालको कामु उपकुलपतिको जिम्मेवार डिन बिजुकुमार थपलियालाई दिइएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवार डिन शारदा थपलियालाई दिइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्