विप्लवका नवलपरासी जनसरकार प्रमुख पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकाललाई सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै विहीबार राति पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले ढकाललाई पक्राउ गरिएको जानकारी दिएका हुन् । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको उनले बताएका छन् ।
पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् । विप्लव समूहका जिल्ला इञ्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी का*रागारमा छन् । पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्