साढे ४ लाखमा श्रीमानको ह*त्या गराएको खुलासा
महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको ह*त्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलासा भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको ह*त्याका लागि श्रीमती पूजाले पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको प्रहरीले पत्ता लगाएको हो ।
गत असार ३१ गते श्रवणको ह*त्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै श*व फेला परेको थियो । इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डीएसपी निशान थापाले पूजाले श्रीमानको ह*त्या गराउन आफ्नी बहिनीमार्फत पेशेवर अपराधी बोलाएको खुलेको बताएका छन् ।
श्रवणको ह*त्या गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गर्न शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक श्यामकृष्ण अधिकारीले पूजाले नै श्रवणको ह*त्या गराएको खुलेको जानकारी दिएका हुन् । पूजा पक्राउ परेपछि यसबारे थप खुल्ने प्रहरीको भनाइ छ ।
श्रवणको ह*त्यामा संलग्नको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई शुक्रबार सार्वजनिक गरिएको हो ।
फरार रहेकी पूजाको खोजी भइरहेको डीएसपी थापाले बताएका छन् । थापाका अनुसार श्रीमानले पूजालाई कुटपिट, गालीगलौज गर्ने गरेका कारण ह*त्या गराएका हुन् । यद्यपी रकमको बिषय पनि यससँग जोडिएको हुन सक्ने प्रहरीको आशंका छ ।
श्रवणको ह*त्या भएको केही दिनअघि श्रवणले आफ्नो जग्गा बिक्री गरेका थिए । उक्त रकम पूजाले आफ्नै साथमा राखेकी थिइन् । यो रकम श्रवणको हातमा नजाओस् भन्नका लागि पनि ह*त्या गरेको हुन सक्ने भन्दै प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्