सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

३ दिन मेघ गर्जन र चट्याङसहित पानि पर्ने

आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेको छ ।

त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव मौसमविदले दिएका छन् । मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ–‘देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’

बुलेटिनमा भनिएको छ–‘देशको मध्य तथा पश्चिमका भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । यी स्थानमा बसोबास गर्ने र यात्रा गर्नु हुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’

Lightning Chatyang lighting

मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ ।

त्यसैको प्रभावका कारण हाल नेपालका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । मेघ गर्जन र चट्टयांगसहित पानी पर्ने क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्