रबीलाई आत्मह*त्या दुरुत्साहनको मुद्धा लगाईँदै
पत्रकार शालिकराम पुडासैनी आत्मह*त्या प्रकरणमा चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्मह*त्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्मह*त्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय दिएको हो ।
साउन २० गते चितवनको एक होटलमा आत्मह*त्या गरेका पुडासैनीको मृ*त्युअघि रेकर्ड भएको भिडियोमा उनले आफूलाई न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, उक्त कार्यक्रमका उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्मह*त्या दुरुत्साहनमा मुद्दा चलाउन राय दिएको उक्त घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपी दीपक रेग्मीले जानकारी दिएका छन् ।
पुडासैनी आत्मह*त्याको विषयमा ३ जनालाई पक्राउ गरी प्रहरीले १० दिन लगाएर अनुसन्धान गरिसकेको छ । लामिछानेसहित ३ जनामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई दिएको म्याद आइतबार नै सकिँदैछ ।
प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेकाले अब अनुसन्धानका लागि म्याद लिइरहन आवश्यक देखिएन । अब जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्मह*त्यामा दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गर्न सक्नेछ ।
सरकारी वकिल कार्यालयले अभियोग दायर गर्दा प्रतिवादी लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा गर्न वा पूर्पक्षका लागि थुनामा पठाउन माग गर्न सक्छ । त्यसपछि उक्त मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्