रबिले पुडासैनीबारे कार्यक्रम बनाउन नपाउने
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या दुरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनामा यसबारे कार्यक्रम बनाउन तथा प्रशारण गर्न नपाउने भएका छन् ।
जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गर्दै यस्तो फैसला सुनाएको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।
अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश पनि ईजलासले गरेको छ । साथै उनले यो मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउन पाउने छैनन् । लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पुडासैनी २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
आत्मह*त्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू म*र्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएछि प्रहरीले ३० साउनमा तीनै जनालाई पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध आत्मह*त्या दुरुत्साहनको मुद्दा चलाइएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्मह*त्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्