सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्कुले छात्रामाथी एकाबिहानै ए*सिड आ*क्रमण

वीरगञ्जमा बाटो ढुकेर बसेका दुई युवाले स्कुल जाँदै गरेकी एक छात्रामाथि ए*सिड प्र*हार गरेको समाचार सार्बजनिक भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया–३ निवासी रसुल अलीकी १५ वर्षीया छोरी मुस्कान खातुनमाथि ए*सिड प्र*हार भएको हो ।

शुक्रबार विहान करिव ६ बजेतिर बाटो ढुकेर बसेका दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि ए*सिड प्र*हार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई ए*सिड छ्या*पेर भागेको प्रत्यदर्शीले बताएका छन् ।

खातुन त्यो बाटो भएर विद्यालय जाने–आउने गर्थिन् । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि ए*सिड प्र*हार भएको हो । ए*सिडले पो*लेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल र्पुयाएका थिए ।

उनको अनुहार, हात र शरीरको केही भाग ए*सिडले ज*लेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उ*पचार गरेर थप उ*पचारका लागि काठमाडौं रिफर गरिएको छ ।

वीरगञ्ज–१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् । घटनाबारे जानकारी पाएलगतै ए*सिड प्र*हार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ ।

Muskan Khatun
ए*सिड आ*क्रमण गरिएकी १५ बर्षिया किशोरी मुस्कान खातुन

ए*सिड प्र*हारमा संलग्न मुख्य अभियु*क्त वीरगञ्ज–२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई प*क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् ।

आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि ए*सिड प्र*हार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिएका छन् । उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फ*रार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घा*इते छात्राको उ*पचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् । ए*सिड प्र*हारबाट घा*ईते भएकी खातुनको काठमाण्डौमा उ*पचार हुने प्रहरीले जानकारी गराएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्