आइतबार राति झापाका दुई स्थानमा ब*म वि*स्फोट
आइतबार राति झापाका दुई स्थानमा ब*म वि*स्फोट भएको छ । वि*स्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने एउटा स्कारपियो गाडीमा क्षति पुगेको छ ।
अर्को वि*स्फोट बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा ब*म वि*स्फोट भएको हो । उक्त गाडी गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडी भएको मेयर रोहितकुमार साहले जानकारी दिएका छन् ।

मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । वि*स्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताएका छन् । त्यसअघि राति साढे ११ बजे बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा ब*म वि*स्फोट भएको छ ।
भवनको भुई तलाको ढोकामा ब*म वि*स्फोट गराइएको डीएसपी श्रेष्ठले जानकारी दिए । वि*स्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो ब*म र कसले वि*स्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताएका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्