ज्ञानेन्द्र प्रहरी हिरासतमा, जे*ल हाल्ने तयारी
नेपालगञ्जबाट काठमाण्डौ आउने बुद्ध एयरको बिमान पर्यटन मन्त्री योगेश भट्टराईका कारण १ घण्टा बढी ढिला भएको भन्दै बिरोधका नाममा मन्त्रीसँग अभ*द्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हि*रासतमा लिएको छ ।
नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभ*द्र व्यवहार र मन्त्री भट्टराईमाथि विमानभित्रै भएको गा*लीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हा*तपात गरेपछि सु*रक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नि*यन्त्रणमा लिएको थियो ।
तर, प्रहरीले उनलाई अभ*द्र व्यवहारसम्बन्धी क*सूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ प*क्राउ पुर्जी थमाएको छ । प*क्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।
ललितपुर प्रहरी प्रमुख टेक बहादुर राईले भनेका छन्–‘शनिबार नेपालगञ्ज विमानस्थलमा अभ*द्र व्यवहार गरेको सम्बन्धमा अनुसन्धान गर्न शाहीविरुद्ध प*क्राउ पुर्जी जारी गरेर हि*रासतमा राखेका छौं ।’ कसको उ*जुरीका आधारमा उनलाई नियन्त्रणमा लिइयो भन्नेबारेमा भने प्रहरीले केही खुलाएको छैन ।
शाही लगायतका युवाले गत शनिबार मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमान भित्रै गा*लीगलौज गरेका थिए ।
तर, गा*लीगलौजका क्रममा संयम देखिएका भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका छन् र त्यसप्रति माफी पनि मागेका छन् । बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।
घटनालाई लिएर सामाजिक सञ्जाल तातिरहेका बेला प्रहरीले शाहीलाई निय*न्त्रणमा लिएर अनुसन्धान थालेको छ । स्रोतका अनुसार, शाहीलाई अभ*द्र व्यवहार क*सूरसँगै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत क*सूर गरेको अभियोगमा मु*द्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्