सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बस्नै लागेको कतार एयर डाइभर्ट, एयरपोर्ट ठप्प

खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान तथा अवतरण दुवै प्रभावित बनेका छन् । बिहानै देखिको बाक्लो हुस्सु र कुहिरो लागेका कारण भिजिविलिटी न्युन भएकाले विमान उडान अवतरण दुवै बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले हुस्सुका कारण तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको बताएका छन् । सोही कारणले कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गर्नुपरेको पनि क्षेत्रीले बताएका छन् ।

Tribhuwan International Airport, Kathmandu Airport, Airport of Nepal

सात हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण
लुक्लाबाट काठमाडौं उडेका चार र अन्य ठाउँबाट अएका गरी सात वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् । मनाङ्ग एयर, सिम्रिक, कैलाश एयरका ४ वटा र अन्य थप ३ हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका छ ।

बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अबरुद्ध भएकाले सात ओटै हेलिकप्टर काभ्रेमा अवतरण गर्नु परेको हो । मौसम सुधार नहुँदासम्म अवतरण र उडान सुचारु हुननसक्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्