ठकुरीहरु किन जम्मा भए दक्षिण कोरियामा ?
लामो प्रयास र कसरतपछी ठकुरीहरुको एकताका लागी पहिलो पटक अन्तराष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज दक्षिण कोरियाको आयोजना र दर्शन समाज जापानको सहकार्यमा गत सेप्टेम्बर १२ तारिख देखी १४ तारिख सम्म भएको अन्तरक्रियाले ठकुरीहरूको हक, हीत र पहीचानको लागी भिन्नभिन्न नाम र लोगोंमा छरिएर रहेका ठकुरी संघसंस्थालाई एकताबद्ध गर्न विज्ञ टोली गठन गर्ने निर्णय गरेको छ ।
‘बिश्वमा छरिएर रहेका ठकुरी संघ–संस्थाहरुलाई एकताको मालामा बाँध्ने हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ दक्षिण कोरियाको सउलमा भएको अन्तरक्रियाले ६ सदस्यीय विज्ञ समिति गठन गर्ने निर्णय गरेको हो । छुसक विदाको अवसर पारी ठकुरी समाज दक्षिण कोरियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दर्शन समाज जापानले सहकार्य गरेको थियो ।

अन्तरक्रिया कार्यक्रमले दुई महिना भित्र विज्ञ टोली गठन गर्ने र विज्ञ टोलीले साझा एजेन्डा, साझा लोगो र साझा नाम सिफारिस गरेपछी छरिएर रहेका बिभिन्न ठकुरी संघसंस्थालाई एक गरी देश विदेशमा रहेका सबै ठकुरीहरुलाई एउटै छातामुनी ल्याउने निर्णय गरेको कार्यक्रममा सहभागी दर्शन समाज जापानका संरक्षक तथा अन्तरक्रिया कार्यक्रमका पहलकर्ता सुरज मल्लले बताएका छन् ।
देश विदेशमा स्थापना भएका बिभिन्न ठकुरी संघ संस्थाहरुको विधि बिधान फरक–फरक भएको र आफ्नो क्षेत्रको सिमित परिधिमा रहेका कारण कमजोर अवस्थामा रहेका ठकुरीहरुलाई सशक्त रुपमा नेतृत्व गर्ने छाता ठकुरी संस्था निर्माणका लागि छलफल गर्न यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मल्लले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा ठकुरी समाज महासंघ नेपाल, ठकुरी सहयोग संजाल नेपाल, दर्शन समाज जापान, ठकुरी समाज हङकङ, ठकुरी सहयोग संजाल युएई, ठकुरी सहयोग संजाल कतार, ठकुरी समाज यूके,आयोजक ठकुरी समाज दक्षिण कोरियाका प्रतिनिधि र दक्षिण कोरियामा रहेका ठकुरी समुदायका नेपालीहरुको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रम सेप्टेम्बर १४ तारिख दिउँसो २ बजे सउलको जोङ्गाकस्थित ज्योती रेष्टुरेन्टमा भएको थियो । छरिएर रहेका ठकुरीहरुको एकता र समृद्धीका लागी ठकुरी समाज दक्षिण कोरियाले अन्र्त्क्रिया कार्यक्रम गरेर ठकुरी एकताको सुरुवात गरेको अन्तरक्रिया कार्यक्रमका पहलकर्ता सुरज मल्लले बताएका छन् ।
कार्यक्रममा ठकुरी समाज दक्षिण कोरियाका संरक्षक छानु चन्द ठकुरीले ठकुरी एकताका लागी आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिएका थिए । संरक्षक चन्दले ठकुरीहरुलाई एक बनाउन ठकुरी समाज दक्षिण कोरियाले गरेको आँटलाई सबैले साथ दिएकोमा सहभागी सबैलाई आभार व्यक्त गरेका छन् ।
ठकुरी समाज महासंघ नेपालका अध्यक्ष चन्द्र कुमार सिंहले ठकुरी एकता र ठकुरीहरूको हक, हीत, पहीचान र संस्कृती बचाउनको लागी महासंघ जस्तोसुकै मूल्य चुकाउन पनी तयार रहेको बताउँदै सबैलाई एक हुन आग्रह गरेका थिए ।
त्यस्तै ठकुरी सहयोग सञ्जाल नेपालका अध्यक्ष अजय मल्लले ठकुरीहरु एक हुनुको विकल्प नरहको र सञ्जालको स्थापानाकाल देखीनै आफुहरुको मूलनारा नै एकता भएको प्रष्ट पार्दै एकताको लागी आवश्यक परेमा जÞस्तो सुकै त्याग गर्न पनि सञ्जाल तयार रहेको भनाई राखेका थिए ।
यसै गरी दर्शन समाज जापानका सल्लाहकार तथा समाजका प्रतिनिधि पदम मल्लले समाज के हो र कीन आवश्यक छ भन्ने कुराको महत्व प्रत्येक ठकुरीहरुले बुझ्नु जरुरी रहेको बताउँदै ठकुरी जातीको उत्थान र प्रगतीका लागी सबै गोलबद्ध हुन जरुरी रहेको बताएका थिए ।
यस्तै दर्शन समाज जापानका संरक्षक सुरज मल्लले कार्यक्रमलाई संबोधन गर्दै आफुले ठकुरी एकता र ठकुरीको उत्थान र प्रगतिका लागी निश्वार्थ रुपमा लागिपरेको र सोही अभियानमा ठकुरी समाज दक्षिण कोरियाको हिम्मतले आफ्नो सपनालाई मुर्त रुप दिएको बताएका थिए । मल्लले ठकुरीहरुको एकता र प्रगतिका लागी निश्वार्थ रुपमा खटिने सबैलाई धन्यवाद दिएका थिए ।

त्यसैगरी ठकुरी समाज दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष सुन्दर सिंह ठकुरीले पनि संसारभरका ठकुरीहरुलाई एकताबद्ध गर्नु अहिलेको आवश्यकता रहेको बताएका थिए । अन्तरक्रिया कार्यक्रमलाई ठकुरी समाज दक्षिण कोरियाका महासचिव नरेश चन्दले सञ्चालन गरेका थिए ।
कार्यक्रमका सभापति ठकुरी समाज दक्षिण कोरियाको अध्यक्ष राजेन्द्र शाहीले ठकुरी एकता र ठकुरीको उत्थान र विकासका लागी अन्तरराष्ट्रिय स्तरको महत्वपुर्ण कार्यक्रमको आयोजक बन्ने मौका दिएकोमा खुशि ब्यक्त गर्दै कार्यक्रमको मर्म र सन्देशलाई आत्मसाथ गरी अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै शाहीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सउलको जोङ्गाकस्थित ज्योति रेष्टुरेन्टकी सञ्चालिका आस्था विन्दु मल्ल, सहकार्य गर्ने दर्शन समाज जापान र समाजका संरक्षक सुरज मल्ल, नेपालबाट आमन्त्रित अतिथी लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद र आभार व्यक्त गरेका छन् ।
अहिले ठकुरी संघसंस्थाको छाता संगठनका रुपमा ठकुरी समाज महासंघ नेपालले नेतृत्व गरिरहेको छ भने ठकुरी सहयोग सञ्जालले पनि आफ्नो मातहतका संस्थाहरुको नेतृत्व गरिरहेको छ । दक्षिण कोरियाको अन्तरक्रिया खासगरी यिनै दुई संस्थालाई एकै ठाउँमा ल्याउने उपायको खोजी थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्