एनआरएनएको उपाध्यक्षमा डा. केसीको उम्मेद्वारी
गैरआवासीय नेपाली संघका वर्तमान महासचिब डा. बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । डा.केसीले सात बुदे कार्ययोजना सहित उम्मेदवारी घोषणा गरेका हुन् ।
रसियामा बस्दै आएका केसीले मस्कोबाट उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै गैरआवासिय नेपाली संघको डेढ दशकको कार्यकालमा भएका उपलब्धी र थपिएका चुनौतीलाई सामना गर्न सक्ने नयाँ सोच र योजना सहितको नेतृत्व संस्थाले खोजेकाले आफुले उपाध्यक्षमा उम्मेद्वारी दिएको बताएका छन् ।
एनआरएनए रसियाको महासचिव हुँदै आईसिसी महासचिवको जिम्मेवारी बहन गर्दा संगठन भित्रका चुनौतिलाई सङ्गठनको हितमा हुने गरी निर्णय र कार्यान्वयन् गराउन जस्तोसुकै कठिनाई ब्यहोर्न तयार रहने छबी बनाएका केसी संगठन भित्रका बलियो उम्मेद्वार हुन ।
संसार भरी छरिएर रहेका प्रबासी नेपालीहरुलाई एकताको सुत्रमा बाँधेर नेपाल र नेपालीको लागि योगदान गर्ने उद्देष्य राखेर सुरु गरिएको गैर आवासीय नेपाली संघको भावनात्मक एकतालाई एउटा मजबुत सामाजिक सङ्गठनको रुपमा उभ्याउन आफु नेतृत्वमा आउन चाहेको उनले बताएका छन् ।
गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्दै डा. केसीले आफ्ना ७ खम्बे रणनिती अगाडी सारेका छन् । उनका सात खम्बे रणनितिमा बैदेशिक रोजगार, लगानी तथा प्रबद्र्धन, गैर आवासीय नेपाली फाउण्डेसन तथा परोपकार, ज्ञान, सिप तथा सिर्जनात्मक काम नेपाल भित्र्याउने, नेपाल पोलिसी ईन्सिटिच्युट, नेपाल प्रवद्र्धन र युवा, महिला तथा दोस्रो पिँढी रहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्