सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्रक ड्राईभरमाथी प्रहरीले दुई राउण्ड गोली हान्यो

मकवानपुरमा एक जना ट्रक चालकलाई प्रहरीले दुई राउण्ड गोली हानेर गाँजासहित पक्राउ गरेको छ । मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका–२९ का अफ्रिका चौधरीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चौधरीलाई नियन्त्रणमा लिँदा उनको देब्रे खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाँजा बरामद गरेको छ ।

Truck Driver

७८ किलो ८०० ग्राम गाँजासहित पक्राउ परेका चौधरीलाई प्रहरीले हेटौंडा अस्पतालमा उपचार गराइरहेको छ । ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरिएको छ । उक्त ऐनअनुसार २ बर्ष देखि १० बर्ष कैद र १५ हजा देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्