सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के छन एनआरएनए कोषाध्यक्ष बन्ने श्रेष्ठका योजना

‘नेपालीका लागी नेपाली’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थापना भएको गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा बिभिन्न पदका आकांक्षिहरुले आफ्नो उम्मेद्वारी घोषणा गर्ने होडबाजी सुरु भएको छ । आगामी अक्टुवर १५ देखी १७ तारिखसम्म काठमाण्डौमा हुने अधिबेशनबाट नयाँ कार्यसमिति चयन हुँदैछ ।

गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशन नजिकिदै गर्दा आकांक्षिहरुले उम्मेद्वारी घोषणा र प्रचार–प्रसारलाई तिब्र पारेका छन् । उम्मेद्वारी घोषणा गर्ने लहर चलिरहँदा जापानमा स्थापित ब्यवसायीको पहिचान बताएका महेशकुमार श्रेष्ठले बिभिन्न प्रतिबद्धतासहित एनआरएनएको कोषाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

बिगत लामो समयदेखि गैर आवासीय नेपाली संघको अभियानमा संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव, क्षमता, दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेकाले कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताएका छन् ।

हाईड्रो, बैंकिंग, रेमिट्यान्स, आधुनिक कृषि, आईटी, इन्सुरेन्स, आयात निर्यात, भौतिक पूर्वधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही नेपालमा लगानी भित्र्याउन उदाहरण बनेका स्थापित ब्यवसायी श्रेष्ठले आफ्नो व्यवसायिक अनुभवका आधारमा कोषाध्यक्ष पदलाई न्याय गर्नसक्ने दाबी गरेका छन् ।

आफ्नो चुनाबी घोषणापत्र सार्बजनिक गर्दै श्रेष्ठले निकै महत्वकांक्षि योजना ८ करोडसम्मको गैर आवासीय श्रमिक कल्याण कोष, आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जवाफदेहिता आफ्नो मुख्य मुद्दा रहेको बताएका छन् । हाल एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठ सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन् ।

Mahesh Shrestha City Express Japan

श्रेष्ठले गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने महत्वकांक्षि योजनाबारे प्रस्ट्याउँदै भनेका छन्–‘संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्स मार्फत नेपाल भित्रिने गरेको र नेपाल राष्ट्रबैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिन्छ ।’

श्रेष्ठ जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका सीईओ, तोनान कम्पनीका अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापानका प्रमोटर एवं सल्लाहकार, CE HUMAN RESOCRES कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एक्सप्रेस ग्लोवलका निर्देशक समेत रहेका छन् ।

माध्यमिक तहसम्मको अध्ययन पर्वतको कुश्माबाट गरेका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले जापानको ग्लोबिस विश्वविधालयबाट व्यवस्थापनमा स्नातकोत्तरको अध्ययन पनि गरेका छन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्