सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बारामा एउटै खाल्डोमा भेटियो ५ जनाको शव

बाराको फेटा गाउँपालिका–४ मा अवस्थित एउटा घरभित्र रहेको पानीको खाल्डोमा ५ जनाको शव भेटिएको छ । फेटाको बतारास्थित खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ५ जनाको शव भेटिएको हो ।

५ जना मानिसहरु कसरी पानीको खाल्डोमा डुबे भन्ने विषय रहस्यमय भएको छ । खाल्डोमा भेटिएका शवको सनाखत हुन सकेको छैन । पाँच जना एउटै खाल्डोमा मरेको भेटिनु हत्या हो या के हो भन्ने बिषयमा प्रहरीले गम्भिर अनुसन्धान थालेको छ ।

Death scatch, Sicide

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्