सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

महरा काण्डपछी रोशनीका श्रीमानले दिए डिभोर्स

सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स हुने भएको छ । शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको बताएका छन् ।

उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको छोडपत्रमा भनिएको छ–‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं ।’

Krishna Bahadur Mahara
कृष्ण बहादुर महरा

अहिले अलग हुने निणर्य भएको भएपनि कानुनी प्रक्रिया भने सुरु भइसकेको छैन । रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत सार्वजनिक गरेकी थिइन् । तर, फेरि आफ्नै आरोपको खण्डन हुने गरी महरा आफ्नो बाबु समानको व्यक्ति भएको भन्दै कुनै बलात्कार नभएको दाबी गरेकी थिइन् ।

Roshani Shahi Divorce

रोशनी बुधबार मात्रै आफूमाथि कुनै दुव्र्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।

roshani Shahi
रोशनी शाही

संसद सचिवालयमा कार्यरत उनको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि कृष्ण बहादुर महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्