सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

महराबिरुद्ध रोशनीको जाहेरी, पक्राउ गर्ने तयारी

यौन दुव्र्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध पिडित भनिएकी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् ।

महराले जबरजस्ती करणीको प्रयास गरेको अभियोग लगाउँदै पीडित रोशनी शाहीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । रोशनीले महरा बिरुद्ध जाहेरी दिएको कुरा काठमाडौं प्रहरीका एक अधिकृतले समेत पुष्टि गरेका छन् ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पौने ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।

महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमानसँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् ।

Krishna Bahadur Mahara
कृष्णबहादुर महरा

यद्यपि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो । अब पीडित महिलाले जाहेरी दिएसँगै अनुसन्धान अघि बढाउन प्रहरीलाई सहज भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘हामीले अहिले विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषणले महरा घटनास्थलमा पुगेको पुष्टि भइसकेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार अब महरालाई पक्राउ गर्ने प्रहरीको अन्तिम तयारी छ ।

roshani Shahi
रोशनी शाही

यसअघि शुक्रबार मात्र मानवअधिकार आयोगले यसबारे भइरहेको अनुसन्धानबारे प्रहरीसँग जानकारी मागेको थियो भने प्रहरी अनुसन्धान ठीक भए नभएको अनुगमन गर्न टोली नै बनाएको छ । अन्तराष्ट्रिय समुदायले पनि संयुक्त वक्तव्य जारी गर्दै महरा प्रकरणबारे उल्लेख नगरी यौन हिंसाका घटनाहरुको निश्पक्ष छानविन गर्न माग गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS