सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

महराको दशैं हिरासतमै बित्ने, पुष्टि भए ५ बर्ष कैद

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले उनकै सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर प्रहरीले महरालाई आइतबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो । महराले बलात्कार प्रयास गरिएको भनिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको जाहेरीपछी प्रहरीले महरालाई पक्राउ गरेको हो ।

महरालाई प्रहरीले आईतबार पक्राउ गरे पनि उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ । दसैं बिदा परेकोले हाल अदालत बन्द छ । जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो ।

२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउने छ । त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन्छ । यो सबै अदालती प्रक्रिया पुरा नहुँदासम्म महरा दशैं अवधीभर प्रहरी खोरमा नै रहनेछन् ।

Krishna Bahadur Mahara

यो आरोप पुष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ । प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिताले कुनै पनि कसूरको उद्योग पुष्टि भए तोकिएभन्दा आधा सजाय हुने व्यवस्था गरेको छ ।

संहिताको परिच्छेद १८ मा रहेको जबरजस्ती करणी सम्बन्धी कसूर सम्बन्धी दफाको उपदफा ३ (ङ) मा पीडित १८ वर्ष वा सोभन्दा बढी उमेरको महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

महरा प्रकरणमा पीडितको उमेर १८ वर्षभन्दा बढी भएकाले यो व्यवस्था लागू हुनेछ । तर, सात वा १० वर्ष कुनलाई आधार मान्ने भन्ने विषय चाहिँ अपराधको प्रकृति हेरेर न्यायाधीशले तोक्नेछन् । महरालाई ३ बर्ष कैद हुन्छ या ५ बर्ष त्यो भने अदालतको फैसलापछी टुंगो लाग्नेछ ।

Krishna Bahadur Mahara

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो ।

उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी छिन् । त्यसो त सुरुमा महराले आफुमाथी बलात्कार प्रयास गरेको भन्दै मिडियामा आएकी रोशनीले बिचमा महराले आफुलाई केही नगरेको भन्दै प्रहरीमा समेत निवेदन दिएकी थिईन । तर अन्तिम समयमा उनले फेरी महराविरुद्ध जाहेरी दिएकी हुन् ।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन् । भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो ।

Krishna Bahadur Mahara

उसो त शाहीले महराले बलात्कार प्रयास गर्दै गर्दा प्रहरीको हन्टिङ लाईन १०० मा फोन गरेर आफुमाथी बलात्कार प्रयास गरेको भन्दै गुहार मागेकी थिईन । प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन् ।

शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो । प्रहरी शाहीको डेरामा पुग्दा महरा भने निस्किसकेका थिए । घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवा लगायत सामान बरामद गरेको थियो ।

Krishna Bahadur Mahara

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ । महरालाई पक्राउ गर्नुभन्दा पुर्व प्रहरीले रोशनी शाहीको कोठामा गए नगएको पुष्टि गर्न सिसिटिभि फुटेज, कल डिटेल लगायत हेरेको थियो । महरा रोशनीको कोठामा गएको पुर्ण रुपमा पुष्टि भएपछी महरालाई पक्राउ गर्नुबाहेक प्रहरीसँग अरु कुनै विकल्प थिएन ।

roshani Shahi

फेसबुकबाट कमेन्ट गर्नुहोस्