सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा ताईफुले कार पल्टिँदा १ जनाको मृत्यु

जापानमा शक्तिशाली हगिविस ताईफुले कार पल्टाईदिँदा १ जनाको मृत्यु भएको समाचार सार्बजनिक भएको छ । घटना बिहान ९ः३० बजेको हो । घटना लगत्तै उनलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । ताईफुका कारण चिवामा दुई वालवालिकासहित ४ जना घाईते भएका छन् ।

ईतिहाँसकै शक्तिशाली हुने अनुमान गरिएको हगिविस ताईफुले आफ्नो असर देखाउन सुरु गरेको छ । जापानी सञ्चार माध्यमहरुले प्रसारण गरेको जानकारी अनुसार हगिविस ताईफुले चिवा र सिजुओकासहित समुद्री छेउछाउका स्थानहरुमा प्रारम्भिक क्षति गरेको छ ।

बिनासकारी ताईफु हगिविसले बिहान ९ बजेदेखी सिजुओका क्षेत्रमा प्रवेश गरी वितण्डा मच्चाउन थालेको जापान मौसम विज्ञान विभागले जनाएको छ । हगिविस नाम दिइएको यो सुपर ताईफुका कारण नागोया क्षेत्रमा मुसलधारे पानि र हावाहुरी चलिरहेको नागोयाबाट इश्वर ढकालले बताएका छन् । यता योकोहामामा पनि हावाहुरी र पानीले वितन्डा मच्चाउन सुरु गरेको छ ।

हगिविस ताईफु सुरु हुन नपाउँदै चिवा क्षेत्रमा बिहान ९ बजेसम्ममा २७ हजार घरमा विद्युत आपुर्ति बन्द भईसकेको सञ्चारमाध्यमहरुले समाचार प्रसारण गरिरहेका छन् । ईबाराकी क्षेत्रका केही स्थानमा पनि विधुत आपुर्ती बन्द भएको बताइएको छ । टोक्यो क्षेत्रमा पनि दिउँसो १२ बजेबाट विधुत आपुर्ति बन्द हुनसक्ने जनाइएको छ ।

तोकाई र कान्तो क्षेत्रमा अहिले १० बजेपछी हगिविसको वितण्डा सुरु हुने बताउँदै अधिकारीहरुले १० बजेपछी घरबाहिर ननिक्लन आग्रह गरेका छन् । मध्यान्ह १२ बजेपछी सडक, रेल तथा हवाई उडान सबै बन्द हुने भएकाले उक्त समयमा सुरक्षित भएर बस्न सुचना जारी गरिएको छ । यता टोकियोको पश्चिमी भाग हाचिओजीमा रहेका १ लाख ८८ हजार ६ सय ९० जना बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्