सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विमानस्थलबाट सि चिनफिङको मोटरकेड यात्रा

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् । उनी एयर चाइनाका २ वटा विमानबाट ल्याइएका कारकेड र बुलेटप्रुफ कारको सुरक्षा घेरामा सोल्टी गएका हुन् ।

सी शनिबार अपरान्ह पौने ५ बजे काठमाडौं ओर्लिएका थिए । ओर्लिएपछि समकक्षी सीलाई स्वागत गर्न विमानस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी विमानसम्मै पुगेकी थिइन् ।

Xi Jinping Security System

विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा नेपालस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

Xi Jinping Security System

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

Xi Jinping Security System

Xi Jinping Security System

Xi Jinping Security System

Xi Jinping Security System

Xi Jinping Security System

फेसबुकबाट कमेन्ट गर्नुहोस्