सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भवन भट्ट रिसाएपछी दुई पटक पत्रकार सम्मेलन

आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ ।

सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट आइपुगेका थिए ।

nrn press meet

आफूलाई नकुरी पत्रकार सम्मेलन गरिएको भन्दै आक्रोशित अध्यक्ष भट्टले दोस्रो पत्रकार सम्मेलन सुरू गरेका छन् । विद्युत प्राधिकरणसंगको बैठकका कारण पहिलो अध्यक्ष भट्ट ४५ मिनेट ढिला पत्रकार सम्मेलनमा आइपुगेका थिए ।

भट्ट आउँदा औपचारिक पत्रकार सम्मेलन सकिएर पत्रकारहरु धेरैजसो बाहिरिसकेका थिए भने केही खाजा खाँदै थिए । पत्रकारहरुको अध्यक्षसंग जिज्ञासा हुन सक्ने भन्दै फेरि पत्रकार सम्मेलन गरिएको भट्टले बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS