सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रबी लामिछानेबारे उच्च अदालत हेटौँडाको आदेश

पत्रकार सालिकराम पुडासैनी आत्महत्या काण्डमा मुद्दा खेपिरहेका टिभी प्रस्तोता रवि लामिछाने विरुद्ध जिल्ला अदालत चितवनले गरेको धरौटी सम्बन्धि आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ ।

जिल्ला अदालत चितवनले सालिकराम आत्महत्याबारे बोल्न र कार्यक्रम बनाउन गरेको बन्देज र देश छाडेर बाहिर जान गरेको बन्देज भने उच्च अदालत हेटौँडाले फुकुवा गरिदिएको छ । उच्च अदालतको यो आदेशसँगै अब रबि लामिछाने र युवराज कँडेल सालिकराम पुडासैनीको आत्महत्याको बिषयलाई लिएर बोल्न र कार्यक्रम बनाउन बन्देजमुक्त हुनेछन् ।

उच्च अदालते जिल्ला अदालत चितवनले गरेको बन्देजलाई फुकुवा गरिदिएको भए पनि अदालतमा बिचाराधिन मुद्दा भएकाले यदी रवि लामिछानेले सो मुद्दालाई प्रभाव पार्ने गरी या अदालतको आदेशको अपहेलना हुनेगरी कानुन विपरित कार्यक्रम बनाएमा या बोलेमा अर्को मुद्दा लाग्ने बाटो भने हुला नै रहनेछ ।

Rabi Lamichhane

यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ । यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ ।

अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए । आत्महत्या दुरुत्साहन अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।

https://youtu.be/Wt6LJgoKK6w

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS