सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज

राष्ट्रिय गौरवको योजनामा समेटिएको नौबीसे–नागढुंगा सुरुङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्न लागेका हुन् ।

जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा बनाउन लागिएको सुरुङमार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ । २.७ किलोमिटर लामो हुने यो सुरुङमार्ग काठमाडौंतर्फ थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुने छ ।

Naubise Nagdhunga Tunnel

सुरुङमार्ग बनेपछि नौबीसे–नागढुंगा क्षेत्रको जाम अन्त्य हुने र यात्रा पनि छिटो हुने बताइएको छ । हाल नौबीसेबाट काठमाडौं आइपुग्न झण्डै दुई घण्टा लाग्छ । सुरुङमार्ग बनेपछि नौबीसेबाट २० मिनेटमै काठमाडौं आइपुगिने छ ।

शिलान्यासपछि केही तयारी सकेर निर्माणकार्य अघि बढाइने नागढुंगा–नौबीसे सुरुङ मार्गका प्रमुख श्यामकृष्ण खरेलले बताएका छन् । सुरुङ मार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनी हाजमा–आन्दो जेभीले पाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्