कृतिम लिंगद्धारा महिलाले महिलामाथी बलत्कार
कानुनी इतिहासमा पहिलोपटक सर्वोच्च अदालतले महिलाबाट महिला बलात्कार हुनसक्ने नजिरको प्रतिपादन गरेको छ । अनौठो तथ्यसहित जिल्ला अदालत संखवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो ।
नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ । अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सुनाएको छ ।
संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो । फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए ।
प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए । दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट संखवासभा पुगेका थिए । लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको कुरा अगाडि बढेको थियो ।
भोलिपल्ट समाजमा यमुनाको प्रेमी केटा हैन केटी हो भन्ने कुरा चल्यो । सुरुमा पत्यार नभए पनि शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनी विरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चलेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्