सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साझाले कास्की २ मा रजनीलाई उम्मेद्वार तोक्यो

साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो । उनले वैशाखमा पोखरा विश्वविद्यालयको उप–प्रशासन पदबाट राजीनामा समेत दिएकी थिइन् ।

Rajani Kc Shajha Parti Candidate at Kaski 2

उपचुनाव हुने अरु क्षेत्रका उम्मेदवारहरु भने क्रमशः चयन गरिने साझा पार्टीले बताएको छ । साझा पार्टीले यो उपचुनावलाई जनमत सग्रह भनेको छ । ‘यो उपचुनाव सत्ता र विपक्षमा रहेका दुबै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको जनमत संग्रह हो’ उसले भनेको छ, ‘हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नुपर्ने गहन जिम्मेवारी थपिएको छ ।’

राजनीतिक वेथितीप्रति जनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न आफू भरपर्दो विकल्प भएको समेत साझा पार्टीको दाबी छ । साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले फेसबुकमार्फत केसीलाई कास्की क्षेत्र नं. २ को उम्मेद्वार बनाइएको घोषणा गरेका हुन् । सो क्षेत्रका सांसद रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछी सो क्षेत्र रिक्त छ ।

Rajani Kc Shajha Parti Candidate at Kaski 2

फेसबुकबाट कमेन्ट गर्नुहोस्