सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कालापानीबारे प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै क्षेत्रमा विरोध भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भनेका छन्–‘सबैको धारणा एउटा भए पनि सबै मिलेर अब के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले छलफल मार्फत अघि बढ्नको लागि सर्वदलीय बैठक बोलाउनु भएको हो ।’

Kp Oli priminister of nepal

कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली क्षेत्रलाई मिच्दै निकालेको थियो । त्यसको तीन दिनमा नेपालले परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’ भनेको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका थिए ।

कात्तिक २१ मा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्