सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘अघोरी बाबा’ श्रीमतीसहित प्रहरी नियन्त्रणमा

‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीसँग हालसालै बिहे गरेकी शारदा पाण्डे प्रहरीमा पुगेकी छिन् । चितवनकी एक युवतीले ठगी गरेको जाहेरी दिएपछि प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको हो ।

महानगरीय प्रहरी बृत्त बौद्धमा पाण्डे सोमबार पुगेकी हुन् । पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराउँदा भएको सम्झौता कार्यान्वयन नभएपछि ती युवतीले पाण्डेविरुद्ध उजुरी गरेकी थिइन् ।

Aghori Baba with wife Pandey

प्रहरीका अनुसार ती युवतीलाई अमेरिका पठाउने भनी आफ्ना पूर्वपतिसँग पाण्डेले बिहे गराई पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रमेश सिंहले बताएका छन् ।

सोही उजुरमाथि छानबिन गर्न पाण्डेलाई बृत्तमा बोलाइएको र दुबै पक्षबीच छलफल चलिरहेको सिंहले बताएका छन् । प्रहरी स्रोतका अनुसार पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने विजय केसी पनि सँगै गएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS