सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

आलमलाई बचाउन साक्षीकै वयान फेर्ने चलखेल

नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि बयान फेरेका छन् । २०६४ सालमा आलम संलग्न बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी सोमबार जिल्ला अदालत रौतहटको इजलासमा निवेदन दिएका छन् ।

Mohammad Aftab Aalam

शंकर भनिने गौरीशंकर राम चमार सोमबार आलम पक्षका कानून व्यवसायीसँग अदालतमा उपस्थित भएर आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको बताएका छन् । उनले बम विस्फोटमा घाइते भएको प्रंमाणस्वरुप भारत सीतामढीको एक अस्पतालको कागज पनि पेश गरेका छन् ।

गौरीशंकरले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् । केही दिनअघि बम विस्फोटमा मारिएका भनिएका युवकको पत्नीले अदालतमा निवेदन दिँदै आफ्नो श्रीमान बैदेशिक रोजगारीमा गएर नफर्किएको बताएकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS