सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अश्लिल भिडियो बनाउनेलाई पक्रन गोली हानियो

डेटिङ गएका जोडीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ गर्ने तीन जनालाई प्रहरीले दाङको तुलसीपुरमा दुई राउन्ड फायरिङ गरेर पक्राउ गरेको छ । दाङको तुलसीपुरभन्दा १२ किलोमिटर भित्र जङ्गलमा बिगत लामो समयदेखि त्यहाँ पुगेका जोडीहरुलाई लुट्ने र ब्ल्याकमेलिङ गर्ने समूहलाई नियन्त्रणमा लिनका लागि २ राउन्ड गोली चलाएको प्रहरीले बताएको छ ।

तुलसीपुर उपमहागरपालिका वडा नं ३ खमारी निवासी १९ बर्षीय विमल वली, सोही ठाउँ निवासी १९ बर्षीय नविन नेपाली र २६ बर्षीय दुर्जबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायरिङ गर्नु परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन् ।

डिएसपी योगीले युवा युवतीलाई बन्धक बनाउने र अश्लिल भिडियो बनाउने मध्यका तुलसीपुर ३ कै २३ बर्षीय इश्वर पुन र २० बर्षीय अर्जुन पुन फरार रहेको जानकारी दिएका छन् । उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।

Gun FIre Pestol

गत शनिवार दिउँसो साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ३ खमारीस्थित चमेरे गुफाबाट फर्किदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएर अश्लिल भिडियो बनाएको र त्यो सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैंया माग्दै आएका थिए ।

डिएसपी योगीका अनुसार पक्राउ परेका तीन जना र फरार दुई जना समेत गरि ५ जना युवाहरुले मिलेर सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा अपहरण पछि कुटपिट गर्नुका साथै डर त्रास देखाएर अश्लिलता प्रकट हुने भिडियो बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको जानकारी दिए । उक्त दिन ती युवाहरुले सवारी चालक अनुमति पत्र, युवा युवतीका २ थान मोवाईल समेत खोसेर लगेका थिए ।

सोही जाहेरीका आधारमा सोमवार एका विहानै प्रहरी तुलसीपुर ३ खमारी क्षेत्रमा परिचालित भएको र उनीहरु भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई फायर गर्नु परेको डिएसपी योगीले बताए । विहान साढे ७ बजे तिर प्रहरीले दुई राउन्ड गोली फायर गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

घटनामा संलग्न गत शनिवार उनीहरुले मोटरसाईकलमा फर्कदै गरेका एक पुरुष र महिलालाई बन्धक बनाइ अश्लिल भिडियो समेत निर्माण गरि सामाजिक सञ्जालमा सार्वजनिक गरि दिने भन्दै रकमका लागि धम्की दिदै आएको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS