आलमलाई बचाउन गरेको कर्तुतको पर्दाफाँस
नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्ध जिल्ला अदालत, रौतहटले थुनछेक बहस भइरहँदा मुद्दामा दुई जना साक्षी बयान फेर्न (होस्टाइल) चाहेको निवेदन लिएर अदालत पुगे ।
१२ वर्ष पहिले भएको विस्फोटमा मृत्यु भएका भनिएका ओसी अख्तरकी श्रीमती अमना खातुन पनि बयान फेर्न चाहेको निवेदनसहित शुक्रबार नै अदालत पुगेकी थिइन् । आफ्ना श्रीमान् ओसी अख्तरको विस्फोटबाट मृत्यु नभएको, वैदेशिक रोजगारीमा गएको र रोजगारीबाट नफर्किएको उनको दाबी थियो ।
उनलाई पाँच कठ्ठा जमिन र पाँख लाख दिएर होस्टाइल गराएको गाइगुइँ चलेपनि न त आलमको मानिसहरुले यसलाई स्वीकार गरेका छन् न अख्तर परिवारले । सोमबार फेरि बम विस्फोटका घाइते भारतको बिहार राज्य, सितामढी जिल्ला, बैरगनिया मुसा चौक घर भएका गौरीशंकर चमारले आफू विस्फोटमा परेर नभइ २००१ मा स्टोभ पड्किएर घाइते भएको भन्दै निवदेन लिएर पुगे ।
तर ढाँटे कुरा काटे मिल्दैन भने झै आलामलाई बचाउने प्रयास २४ घन्टा पनि टिकेन । होस्टाइल चाहेको निवेदन लिएर अदालत पुगेका गौरी शंकरले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको बताएका छन् ।
२०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोट भएको र मृतक तथा घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा रौतहट २ का सांसद मोहमद अफताव आलम पक्राउ परेका छन् । उनीविरुद्ध विस्फोटक पदार्थ, न्यानमुद्दा र ज्यानमार्ने उद्योगमा मुद्दा चलिरहेको छ ।
मुद्दामा भारत सीतामढीका गौरी शंकर चमारलाई घटनाको साक्षीका रुपमा प्रस्तुत गरिएको छ । तर, सोमबार उनको हस्ताक्षरयुक्त कागजमा बम बिष्फोटको घटनाबारे थाहा नभएको उल्लेख गरिएपछि तरंग सिर्जना भएको थियो ।
यद्यपि गौरीशंकरले चार दिन अगाडि आफू घरमै बसिरहेको बेला केही मानिसहरुले जीप राखेर लगेको र बन्धक बनाएर राखेको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्