सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

घडी चोर काण्डबारे प्रवल गुरुङको प्रस्टोक्ती

पुस २० गते होटल ¥याडिसनमा भएको रोलेक्स घडी काण्डबारे पुर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङले मुख खोलेका छन् । गूरुङले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै होटल ¥याडिसनबाट हराएको आफ्नो घडीबारे विभिन्न अफवाह फैलिएको भन्दै सत्यतथ्य जानकारी दिन प्रेस विज्ञप्ति जारी गर्नुपरेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा हराएको घडी आफ्ना बुबा छत्रमानसिंह गुरुङलाई २०६६ साल माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले प्रधानसेनापति निवासमा दिएको उल्लेख गरेका छन् ।

त्यसयता सो घडी आफुले लगाउँदै आएको पनि प्रवलले जनाएका छन् । प्रवलले घडी हराएकै दिन होटलमा जानकारी गराएर आफु मुम्बइ गएको र नेपाल फर्कँदासम्म घडीबारे अफवाह फैलिएको तथा सांसद खतिवडाको सम्मानमा परेको चोटप्रति दुख व्यक्त गरेका छन् ।

उनले क्लवको चेन्जिङ रुममा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको ट्रयाकसुटको गोजीमा पर्न गएको मेरो घडीबारे जानकारी प्राप्त हुनासाथ मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनबाट खवर गरेको र सिमान्तले आफुलाइ जानकारी गराएको बताएका छन् ।

घडी हराएकोबारे सांसद रामहरी खतिवडाको नाम जोडिएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको प्रवलले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भनेका छन–‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस, साथै माननीय खतिवडाको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटमाथि दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सवैमा अनुरोध गर्दछु ।’

हेर्नुहोस प्रवलमानसिंह गुरुङले जारी गरेको विज्ञप्ती;

फेसबुकबाट कमेन्ट गर्नुहोस्