सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘६क्का पन्जा’ आजबाट यूट्यूबमा (फिल्मसहित)

शुक्रबार फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर हाइलाइट्स नेपालले ‘६क्का पन्जा’लाई यूट्यूबमा रिलिज गरेको छ । फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो ।

फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले शुक्रबार फिल्म युट्युवमा रिलिज गर्ने तयारी भएकाले त्यसैबाट हेर्न आग्रह गरेका थिए ।

फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको थियो । नेपाली फिल्म जगतमा सबैभन्दा धेरै १६ करोड बढिको कारोबार गरेको फिल्म वक्सअफिसको सर्वाधिक सफल फिल्म हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्