लिम्पियाधुरासहितको नक्सा ल्याउला सरकारले ?
भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् ।
अहिलेसम्म प्राप्त तथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै भएको देखाएको समेत उनले बताइन् । उनले भनिन–‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ ।’
भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठग गर्ने निर्णय गरेको उनले बताइन् । मन्त्री अर्यालले भनिन्–‘सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा छ । प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्रीस्तरीय वार्ताबाटै भएपनि यो गर्ने देखिन्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्