सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रसुवामा अष्ट्रेलियन बालिकामाथी बलात्कार प्रयास

नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिकामाथी बलात्कारको प्रयास भएको घटना बाहिरिएको छ । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार बलात्कार प्रयासको अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् ।

मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए ।

girl

सोही बमोजिम ट्रेकिङ गाइडको काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेलले करणी प्रयासको अभियोग अस्वीकार गरे पनि पीडितका आफन्तहरुको दाबी छ, ‘प्रयास मात्र होइन, बेलैमा हामीले नदेखेको भए यसले करणी नै गर्ने स्थिति थियो ।’

एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई घुम्न जाऔँ भनेका थिए । बालिकाले बाबुआमासँग चिनजान भएको केटाले घुमाउँछु भनेपछि राम्रै मनशाय होला भन्ठानिन् । तर, ५ बजे साँझ सुनिलले यौनजन्य कृयाकलाप गर्न थालेपछि बालिका चिच्याइन् र भागेर अभिभावकसमक्ष आइपुगिन् ।

काठमाडौँबाट पक्राउ परेपछि सुनिललाई रसुवा चलान गरिएको छ । उनलाई म्याद थपेर कारवाही अगाडि बढाईएको डिएसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । सुनिल कालिका गाउँपालिका अध्यक्षका भाइ हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS