धर्मको डर देखाएर बला*त्कार गर्ने पाष्टर पक्राउ
ललितपुर प्रहरीले जब*रजस्ती क*रणी गरेको आरोपमा एक जना पाष्टरलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार जोशीलाई सोमबार साँझ पक्राउ गरिएको हो । चर्चमा नियमित आइरहने एक महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको तामाङले बताएका छन् ।
प्रहरीका अनुसार पाष्टरले आफूसँग यौ*न सम्पर्क राखे रोग निको हुने आश्वासन देखाएर ती महिलालाई जब*रजस्ती क*रणी गरेका थिए । पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जब*रजस्ती क*रणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ ।
उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शा*रीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आश्वासन दिने गरेको जोहरीमा भनिएको छ । तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ ।
पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जानकारी दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्