मार्च २ बाट नेपाल एयरलाईन्स जापानको नारितामा
नेपाल एयरलाइन्सले फागुन फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारिता विमानस्थलमा उडान सुरु गर्ने भएको छ । नारिताका लागी एयरलाइन्सले एयरबसको ए ३३० वाइडबडी जहाजबाट उडान गर्ने छ ।
हाल जापानको ओसाकामा उडान गर्दै आएको नेपाल एयरलाईन्सले नारितामा हप्तामा तीन उडान गर्ने भएको छ । एयरलाईन्सले बताए अनुसार सोमबार, बुधबार र शुक्रवार गरी तिन दिन नारिता एयरपोर्टका लागी उडान हुने छ ।
हाल ओसाकामा हुँदै आएको उडान बन्द गरिने नेपाल एयरलाईन्सले जनाएको छ । नारिताका लागी काठमाडौंबाट बिहान १:२५ मा जहाज उड्ने छ भने सो बिमान सोही दिन साँझ ६:२५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने एयरलाइन्सले बताएको छ ।
एयरलाइन्सले काठमाडौं–नारिता उडानका लागि प्रबद्र्धनात्मक भाडादर निर्धारण गरेको छ । एयरलाइन्सका अनुसार नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ ।
विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५–२५ के.जी. का २ ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३–२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउने एयरलाइन्सले जानकारी दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्