सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेनाको हतियारसहितको ट्रक दुर्घटना, १ को मृ*त्यु

सल्यानको कपुरकोट ३ चोरखोलामा नेपाली सेनाको ह*तियार बोकेको ट्रक (वानटन) दुर्घटना भएको छ । दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घा*इते भएका छन् ।

Army Truck Accident in Salyan

कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेको छ । गाडीमा ७ जनामात्रै सवार रहेको प्रहरीले बताएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत घा*इते सेनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

सल्यानको सवुज गणबाट बुटवलतर्फ हातह*तियार र वि*ष्फोटक पदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो । तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्