सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चीनमा रहेका नेपाली आज ल्याईँदै, को जाँदैछन लिन ?

कोरोनाको महामारी फैलिएपछी चीनमा रहेका एक सय ८५ जना नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।

आज शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान साँझ ६ः४५ मा वुहान पुग्ने र त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका निर्धारण गरिएको छ । चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ बजे मा नेपाल आइपुग्नेछ ।

Nepali in China

चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाजमा विशेष तालिमप्राप्त टोली पनि हुनेछन् । वुहानबाट नेपाल फर्किने नेपालीहरु अहिले विमानस्थलमा जम्मा हुन सुरु गरेका छन् ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्