सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सल्यानमा १७ बर्षिया कविताको घाँटी रे*टी ह*त्या

सल्यानको त्रिवेणी गाउँपालिकाको तल्लो काभ्राकी एक किशोरीको घाँटी रे*टेर ह*त्या भएको छ । ह*त्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले ह*त्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै ह*त्या भएको थियो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली का*टेर ह*त्या गरेको अवस्थामा श*व फेला परेको जानकारी दिए । श*व घरभन्दा करिब १०–१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।

Hatya chirpat prahar

डिएसपी खतिवडाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । तर प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । डिएसपी खतिवडाले भने–‘अनुसन्धान जारी छ, ३–४ दिनमै रिजल्ट आउँछ ।’

गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा थिइन् । घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रे*टेर ह*त्या भएको हुनसक्ने अनुमान गरिएको छ । कविताको ह*त्याको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्