सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मिनभवन क्याम्पसको कोठाभित्रै छात्रा बला*त्कृत

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बला*त्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जब*रजस्ती यौ*नसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् ।

पीडित २९ वर्षीया छात्राले उजुरी दिए लगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले निय*न्त्रणमा लिएको छ । माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रहरीले सञ्चारमाध्यमलाई बुधबार मात्र गराएको हो ।

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जब*रजस्ती दुव्र्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन् । पीडित छात्राले आफूले चिच्याएर प्र*तिकार गरे पनि कसैले नसुनेको र झ्यालहरूमा पर्दा भएकाले बाहिरका व्यक्तिले नदेखेको जानकारी गराएकी छन् ।

girl

बला*त्कारपछि पीडित छात्रा पीडा लिएर घर फर्किएकी थिइन् । बला*त्कारबाट अत्यधिक रक्तश्रा*व भएपछि उनले आफ्ना साथीहरूलाई घटनाका बारेमा जानकारी गराएसँगै घटना क्याम्पस प्रमुखसमक्ष पुगेको थियो ।

बला*त्कारपछि र*क्तश्रावका कारण पीडित छात्रा तीन दिन अस्पतालमा भर्नासमेत भएकी थिइन् । साथीको साथ लिएर पीडक ढकालमाथि कारबाही गर्नुपर्ने माग गर्दै पीडित छात्रा क्याम्पस प्रमुख जीवनकुमार भट्टराईसमक्ष पुगेकी थिइन् ।

पीडित किशोरीले आफू बला*त्कृत भएको मौखिक उजुरी गरेपछि प्रहरीमा जान सुझाव दिएको नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख भट्टराईले जानकारी दिएका छन् ।

क्याम्पस प्रमुख भट्टराईले क्याम्पस परिसरभित्र यस्तो घटना हुनु दुःखद र ग*म्भीर भएको बताउँदै प्रहरीसमक्ष उ*जुरी गर्न पीडित छात्रालाई आग्रह गरेको बताएका छन् । लगत्तै पीडित महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा पीडक ढकालका विरुद्ध किटानी जा*हेरी दिएकी थिइन र प्रहरीले पनि तत्काल का*रबाही सुरू गरेको थियो ।

महानगरीय पहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बला*त्कारमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो । प्रहरीका अनुसार पीडक छात्राले आफूले बला*त्कार गरेको स्वीकारेका छन् ।

मुलुकी अपराध (संहिता) ऐन–२०७४ को दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बला*त्कार गर्ने अपराधीलाई सात वर्षदेखि १० वर्ष कै*द हुने प्रावधान छ ।

पीडक ढकालका साथीहरूले पीडित छात्रालाई मु*द्दा फिर्ता लिन दबाब दिएका कारण दुरुत्साहनको अभियोगमा ती व्यक्तिहरू पनि का*रबाहीको दायरामा पर्ने सम्भावना छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्