सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना संक्रमण रोक्न जापानमा विद्यालय बन्द

चीनबाट फैलिँदै गएको कोरोना भाइरसको आक्रमण बढ्दै गएपछी जापान सरकारले कोरोना नियन्त्रणका लागी कडा कदम चालेको छ । चिनपछी कोरोना संक्रमण तिव्र गतिमा बढ्ने देशहरुको अग्रपङतीमा रहेको जापानले सार्वजनिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले मार्च २ देखी हारु यासुमी (वसन्त ऋतुमा हुने लामो विदा) सुरु हुँदासम्म सम्पुर्ण विद्यालय बन्द गर्न अपिल गरेका हुन् । प्रधानमन्त्री आवेले प्राथामिक, माध्यामिक र उच्च विद्यालयहरु बन्द गर्न आग्रह गरेका हुन । सामान्यतया हारु यासुमी (वसन्त ऋतुमा हुने लामो विदा) अप्रिलको पहिलो हप्तातिर सकिन्छ ।

Shinzo Abe pm of Japan

कोरोना भाइरस फैलिन नदिन र सर्वसाधारणको स्वास्थ्यमा असर हुन नदिन जापान सरकारले हरतरहका प्रयासहरु गरेको छ । यसअघि ट्रेन तथा अन्य सार्बजनिक सवारी साधानमा यात्रा गर्दा सचेत रहन र सम्भव भएसम्म अन्य विकल्प खोज्न अपिल गरिएको थियो ।

चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाईरसले विश्वका ४४ देशमा संक्रमण गरिसकेको छ । उद्गमस्थल चीनमा संक्रमण दर केही घट्दै गएको बताइए पनि पछिल्लो समय ईरान, दक्षिण कोरिया, जापान र इटली लगायतका देशमा भने संक्रमण बढिरहेको छ ।

कोरोनाको संक्रमण फैलिरहेका बेला चिकित्सकहरुले गर्मी मौसम सुरु भएसँगै कोरोना भाइरस निस्कृय हुने दाबी गरेका छन् । मंगलबार मात्रै इरानका उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । उनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।

पछिल्लो समय गर्मी मौसम सुरु भएसँगै कोरोना भाइरस गर्मी मौसममा निस्कृय हुने समाचार चर्चामा छ । विश्व यतिबेला कोरोना भाइरसको उपचार खोजमा व्यस्त छ । सोही खोजीको क्रममा केही चिकित्सकहरु एवं अन्वेषकहरूले ग्रीष्म ऋतुमा भाइरसको प्रभाव कम हुने आशा देखाएका छन् ।

विश्वभरी आतंकित बनाएको कोरोना भाइरस चीनबाट दक्षिण कोरिया र जापान तिर सरेपछि रोजगारीको सिलसिलामा रहेका नेपाली र उनीहरुका परिवारहरु अहिले त्रसित छन् । झण्डै ४४ हजार नेपाली कामदारहरु रहेको कोरिया र ९० हजार नेपाली बस्दै आएको जापानमा पनि कोरोनाको संक्रमण बढिरहेको छ ।

नोबेल कोरोनाभाइरसबाट अहिलेसम्म विश्वभर करिब २८ सय जनाको मृत्यु भइसकेको छ । यसका कारण धेरै अन्तराष्ट्रिय व्यापार कार्यक्रमहरू रद्द गरिएको छ । जापानमा समेत बिभिन्न उत्पादन कम्पनीहरुको काम प्रभावित भएको छ । सामान अभाव भएपछी कतिपय कम्पनीले कर्मचारीलाई घरमै राखेर तलव दिइराखेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्