सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मिर्गौला फेर्नका लागी प्रधानमन्त्री अस्पताल भर्ना

यसअघि एक पटक मिर्गौला प्रत्यारोपन गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी भईरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

KP Oli at Hospital for Kidney transplant

अस्पताल भर्ना जानुअघि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ ।

प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर ५–७ दिन सम्म अस्पतालमा राखिन्छ । अस्पताल स्रोतका अनुसार भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न रहेका थिए ।

KP Oli at Teaching Hospital

प्रधानमन्त्री ओलीको यसअघि वि.स.२०६४ साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्