इन्डियन औषधीका कारण ३ जनाको किड्नी फेल
औषधि व्यवस्था विभागले २ वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले मंगलबार सूचना निकालेर ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस ( मेट्रोनिडाजोल) र ब्याच नम्बर १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सनको बिक्री वितरणमा रोक लगाएको हो ।
ती औषधिको गुणस्तरमा शंका उत्पन्न भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि बिक्री वितरणमा रोक लगाएको विभागले जानकारी दिएको छ । बिक्रीमा रोक लगाइएका दुवै औषधि भारतीय कम्पनीका हुन् । मेट्रिस नामक औषधि ओटसुका फर्मास्युटिकल्स इन्डिया प्रालि, इन्डियाको रहेको छ भने अर्को सोडियम ल्याकटेट एक्युलाइफ हेल्थकेयर प्रालि, इन्डिया कम्पनीको हो ।

मेट्रोनिडाजोल एक प्रकारको एन्टिबायोटिक हो, जसले एनएरोबिक ब्याक्टेरिया (अक्सिजन प्रयोग नगर्ने ब्याक्टेरिया) सँग लड्न मद्दत गर्छ । यसले योनि, पेट तथा आन्द्रा, कलेजो, छाला, जोर्नी, मस्तिष्क, मुटु, श्वासप्रश्वास नली तथा दाँतमा हुन सक्ने ब्याक्टेरियाको संक्रमणबाट बचाउन सहयोग पुर्याउँछ । त्यसैगरी ‘रिंगर ल्याकटेट सलुसन’ भने सलाइन पानी हो ।
विभागले औषधिहरुको गुणस्तरमा शंका लागि थप अनुसन्धान, जाँचबुझ तथा परीक्षण भैइरहेको जनाएको छ । गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये उक्त ओैषधिले तीन जनामा एकै प्रकारको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रिया कक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो ।
ती दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग (डीडीए)ले हालका लागि उक्त ‘ब्याच’ का औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।
एनएमसी अस्पतालमा शल्यक्रिया गरिएका ३ जनामा ‘गम्भीर संक्रमण’
यस्तै, अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउनका लागि शल्यक्रियामा प्रयोग भएका औषधि लगायत सबै वस्तु, औजार तथा शल्यक्रिया कक्षबाट नमुना संकलन गरेर अनुसन्धान सुरु गरेको थियो । तीन मध्ये एक महिला एनएमसीमै उपचाररत छिन् भने दुई जनालाई उपचारार्थ मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
शल्यक्रिया लगत्तै देखिएको संक्रमणपछि बिरामीमा पिसाब नहुने लगायत विविध प्रकारका समस्या देखिएका थिए । संक्रमणले ती बिरामीको मिर्गौलामा गम्भीर समस्या देखिएको छ ।
एनएमसी अस्पतालका निर्देशक डाक्टर राजेशकिशोरका अनुसार मिर्गौला फेलभएका तीन जनामध्ये एक जना बिरामी सामान्य अवस्थामा आउन सक्ने सम्भावना छ भने दुईजनालाई डायलसिस गराउनुपर्ने हुन्छ । डायलसिसको सुविधा एनएमसीले नै दिने पनि उनले बताएका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्