कुकुरलाई गोली हानेपछी त्रिभुवन विमानस्थल सुचारु
एकैपटक तीनवटा कुकुर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा देखा परेपछि अवतरण गर्नै लागेको एयर एसियाको विमानले ‘ओभरसुट’ गरेको छ ।
विमानस्थलको कन्ट्रोल टावरले धावनमार्गको छेउमा कुकुरको हुल देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।
मलेसियाको क्वालालम्पुरबाट आएको एयर एसिया विमान अवतरणका लागि कोटेश्वरको आकासमाथि आइपुगेको थियो । टावरको निर्देशन लगत्तै उचाइ लिएको विमान केही बेर आकाशमै घुमेको थियो ।
विमानस्थलमा कुकुर पसेपछि नयाँ दिल्लीबाट आएका एयर इन्डिया र जेट एयरवेज विमानको पनि उडान प्रभावित भएको थियो । सुरक्षा कर्मीले कुकुरलाई गोली हानेर मारेका छन् ।
अहिले विमानस्थल सुचारू भइसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन । कुकुर, बाँदर, चरा, स्याल आदीले बेलाबेला धावनमार्ग अवरोध गर्दै आएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्