अवकाशप्राप्त डीआईजी शाहबिरुद्ध भ्रष्टाचार मुद्दा
अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशविक्रम शाह बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मध्ये क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनीमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ ।
शाहसहितका प्रहरी अधिकारीहरुमाथि ३३ लाख ३८ हजार रुपैंया अनियमितता गरेको आरोप छ । अख्तियारको आरोपपत्र अनुसार सिन्धुली दुधौलीका समादेशक शाहसहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर भएको हो ।

अख्तियारको दाबी अनुसार भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भेटिएको छ । २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण गत महिना अवकाश पाएका थिए । उनी तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्