सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुर्खेतमा जिप दुर्घटना ३ को मृत्यु, ४ घाईते

सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको खबर छ । जिप दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाईते चारै जनालाई उपचारका लागी सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्