सगुनले खोल्यो मिनि आइपिओ, लगानीको मौका
नेपालीले स्थापना गरेको सामाजिक सञ्जाल सगुनले मिनि आईपिओ खुला गरेको छ । लगानी बृद्धि गर्ने उद्देष्यले मार्च २ तारिखबाट खुला गरिएको मिनि आईपिओ १२० दिन सम्म खुला रहनेछ । लक्षित पुँजी पुरा भएमा तोकिएको दिन भन्दा अगाडी कुनै पनि बेला आईपिओ बन्द गरिने सगुन टिमले जनाएको छ ।
सामाजिक सञ्जालको दुनियाँमा आफुलाई फरक शैलीबाट स्थापित गर्न लागिपरेको सगुनले मिनि आईपिओमार्फत आफ्नो लगानी बृद्धि गर्दैछ । डिजिटल दुनियाँको विश्व बजारमा लगानी गर्न चाहाने जोकसैले पनि सगुनमा लगानी गर्न सक्नेछन् । सगुन श्रोतका अनुसार १० मिलियन पुँजी पुर्याउन अहिलेको मिनि आईपिओ खुला गरिएको हो ।
सगुनको मिनि आइपिओमा लगानी गर्न चाहानेले न्युनतम ३० कित्ता शेयर लगानी गर्नसक्नेछन् । एक कित्ता बराबर ३० अमेरिकी डलर मुल्य निर्धारण गरिएको मिनि आईपिओमा अधिकतम लगानीको दायरा पनि असिमित राखिएको छ ।
सगुनमा लगानी गर्न चाहानेले तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.sagoon.com/invest
मिनि आइपिओमा लगानी गर्न चाहानेले अमेरिकाभित्र इलेक्ट्रिक चेकमार्फत र अन्य मुलुकहरुबाट भने क्रेडिट कार्ड, वायर ट्रान्सफर, बिटक्वइन, मेल अ चेक र इथेरियम मध्ये आफुलाई अनुकुल हुने जुनसुकै माध्यमबाट लगानी गर्न सक्ने सगुनले बताएको छ ।
सोसियल मिडिया र अनलाईन व्यवसायको अवधारणालाई संगै लिएर अगाडी बढेको सगुनको संस्थापक सिईओ नेपालका गोविन्द गिरी रहेका छन् । सामाजिक सञ्जाललाई केबल मनोरञ्जनका लागी मात्रै भन्दा पनि प्रयोगकर्तालाई आम्दानी गर्ने सुविधा पनि सगुनले उपलब्ध गराएको छ ।
सगुनका प्रयोगकर्ताले आफ्नो एकाउन्टमा स्ट्याटस, फोटो र भिडियो पोष्ट गर्न सक्नेछन् र पोष्टमा आएको लाईक, भिउ र सेयरका आधारमा फ्री स्मार्ट कोईन कमाउने सक्नेछन् । जुन कोइनले प्रयोगकर्ताले सगुनले साझेदार (पार्टनर) सपिङ्ग सेन्टरमा गएर किनमेल गर्न पाउनेछन् ।
सगुनले दिएको जानकारी अनुसार सगुनबाट कमाएको फ्रि स्मार्ट क्वाइनले रिचार्ज कार्ड, फिल्म टिकेट, अम्याजन सपिङ, नेपालमा भाटभटेनी लगायतमा सपिङ गर्न पाइनेछ । अर्थान सगुनमा कमाएको स्मार्ट क्वाइनमार्फत सगुनका साझेदार व्यापारिक संस्थामा किनमेल गर्न मिल्नेछ ।
सगुनको संस्थापक टिमको रुपमा नेपाल, भारत र अमेरिकी नागरिक संलग्न छन् । सगुनको वेभसाईटमा उपलब्ध जानकारी अनुसार हालसम्म सगुनका करिब ५४ लाख प्रयोगकर्ता रहेका छन् । विश्वका १४५ ओटा देशमा सगुन चलाउने गरेको पाइएको छ । हालसम्म सगुनमा विश्वभरबाट ४ हजार जना लगानीकर्ताका रुपमा रहेका छन् ।
सगुन (www.sagoon.com) अमेरिकामादर्ता भएको सोसियल कमर्श साइट हो जसमा सोसियल मिडिया र इकमर्श दुवैको सुविधा एउटै प्लाट फर्ममा उपलब्ध हुनेछ । ‘Building a Rewarding Life through the Innovative Social Path: Connect. Share. Earn’ सगुनको ध्येय (Mission) रहेको छ ।
अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (US Security Exchange Commission – SEC) बाट स्विकृत प्राप्त गरी मिनिआइपीओ लगायतविभिन्न चरणमा विश्वभरीबाट सर्वसाधारणहरुबाट लगानीको अवसर खुल्ला गरेको थियो । हाल सगुनले मिनि आईपिओमार्फत लगानीको अवसर खुल्ला गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्