भारतीय गायिका कनिका कपुरलाई कोरोना देखियो
भारतकी गायिका कनिका कपुरमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । विशेषगरी ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ गीतबाट चिनिने गायिका कपुरलाई शुक्रबार कोरोनाभाइरसको संक्रमण देखिएको इण्डिया टुडेले जनाएको छ ।
उनलाई लखनउस्थित किङ जोर्जस् मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ । लन्डनमा रहेकी ४१ वर्षीया कपुर मार्च १५ तारिखका दिन भारत आएकी थिइन् । इण्डिया टुडेका अनुसार उनले भारत फर्केर आफ्ना परिवार तथा साथीभाइलाई पाँच तारे होटलमा पार्टी दिएकी थिइन् ।

त्यस पार्टीमा सरकारी कर्मचारी, राजनीतिज्ञ लगायत पनि सहभागी भएको जनाइएको छ । कनिकाका बुवा राजीव कपुरले आजतकसँग कुराकानी गर्दै कनिका भारत फर्केर तीन पार्टीहरूमा सहभागी भएको बताएका थिए ।
कनिकालाई कोरोना देखिएसँगै उनका परिवारका छ सदस्यले पनि कोरोना संक्रमणको परीक्षण गराउन लागेका छन् । पछिल्लो समय भारतमा पनि कोरोना भाईरसको संक्रमण तिव्र रुपमा भईरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्