वीरगन्जका व्यवसायीलाई कोरोना नभएको पुष्टि
कोभिड–१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताएको कान्तिपुरले समाचार लेखेको छ ।
उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको बताउँदै पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले भनेका छन्–‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ । हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ भाइरोलोजी, पुनेमा पठाएका छौं ।’
वीरगञ्जका उनी २२ फेब्रुअरी भारतमा एक विवाह समारोहमा सहभागी हुन गएका थिए र एक सातामा फर्किएका थिए । किड्नीका विरामी उनी स्थानीय अस्पतालमा नियमित चेकजाँचका लागि गएका थिए । अस्पतालले पटना रिफर गरेको थियो ।
१९ मार्चमा गएका उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको चेकजाँच गरिएको थियो । उनको विस्तृत रिपोर्ट आउन दुई–तीन दिन लाग्ने भन्दै प्रा. डा. चौधरीले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’
भारतीय टेलिभिजन च्यानलहरुले भने उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् । सोही दाबीलाई आधार बनाउँदै केही नेपाली मिडियाले पनि विरगञ्जका व्यापारीलाई कोरोना संक्रमण भएको भन्ने समाचार प्रकासन गरेका थिए ।
परिवारलाई आसोलेटेड गरिने
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पटनामा भर्ना भएका विरामीको परिवारका सदस्यहरुलाई आइसोलेटेड गरिने बताएका छन् ।
विरामीमा कोरोना संक्रमणको आशंका गरिएकाले परिवारका सदस्यहरुलाई समुदायबाट अलग गर्न लागिएको बताए । उनका अनुसार विरामीको परिवार १३ सदस्यीय छन्, जसमा ५ जना बालबालिका, ५ जना महिला र तीन जना पुरुष छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्